सल्यानको सिता पाईलालाई पर्यटकिय स्थल बनाइने, यस्तो छ यहाँको आकर्षण ?


सरिता चलाउने
साउन १४, सल्यान ।
सल्यानको शारदा नगरपालिका २ लुहापिङ्गमा रहेको सीता पाइलालाई दृश्य पार्कका रुपमा विकास गरिने भएको छ ।

सीता पाइला क्षेत्र धार्मिक महत्वको स्थानका रुपमा चिनिन्छ । ढुङ्गामा पाइला आकारमा कुदिएको प्रतिमा त्रेता युगमा भगवान राम पत्नी सीता यो क्षेत्रमा घुम्दै गर्दा उनकै पाइलाको रुपमा रहेको जन विस्वासछ रहि आएको छ । सितापाईला रहेको स्थानमा अवस्थित चौतारा यहाँ सरकारी जागिरमा रहेका एक कर्मचारीले निर्माण गरेको वृद्धहरुको भनाई रहेको छ ।

२०१६ सालमा तत्कालिन राजा महेन्द्रवीर विक्रम शाह सल्यान खलंगा भएर लुहापिङ्ग सितापाईला हुदै दाङ्ग झरे पछि यसको प्रचार प्रसार भएको पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्रवहादुर शाहले वताए । उनले भने- “यो पहिले यहाँ रहेको सितापाईलामा वाटो हिड्ने वटुवाले फुल चढाउने गरे पनि खासै चर्चा थिएन राजाको भम्रण पछि यसको चर्चा धेरै हुन थालेको हो ।”

शारदा नगरपालिका भित्रका १५ वटै वडामा एक÷एक वटा नमुना पार्क निर्माण गर्ने योजना अनुसार २ नम्वर वडाको सितापाईलालाई पर्यटकिय स्थलको रुपमा विकास गर्न लागेको नगर प्रमुख सुरेश अधिकारीले वताए । उनलेेेे भने – “यो सतापाइला पार्क निर्माणका लागि पहिलो आर्थिक वर्ष सानपाले ६ लाख रुपैया खर्च गरेकोछ भने यो आर्थिक वर्ष पनि वजेट बिनियोजन गरेका छौ । यसलाई गार्डेनको रुपमा विकास गरिने छ ।”

जिर्ण अवस्थामा रहेको सितापाईलाको पुर्न्निमार्ण सुरु भएको छ । पर्यटकिय क्षेत्र दृश्य पार्कको रुपमा विकास गर्न प्रतिक्षालय, पानीपोखरी, विभिन्न मनोरम आकृतिहरु निर्माण गरिएको छ । सितापाईला समुन्द्री सहतवाट १ हजार २ सय मिटर उचाईमा रहेकोले यहाँवाट शारदा नदिको फाँट, स्यानीखाल, माल्नेटा, छत्रेश्वरी लगायतका ग्रामिण भेगहरु, श्रीनगर वजार र शितलपाटी गाउँ देख्न सकिने भएकाले दृश्य पार्कको रुपमा विकास गने वडा नम्वर २ का वडा अध्यक्ष केशवसिह श्रेष्ठले वताए । उनले भने – “चारै तिर देखिने भएकाले पनि निकै आनन्द र मनोरम स्थल रहेको छ । ।”

यो वर्ष सीता पाइला सारदा दृस्य पार्कमा मन्दिर, पोखरी, मुर्ती र पिकनिक स्थान निर्माण गरिने शारदा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण सिंह ठकुरीले वताए । उनले भने- “खलंगाको ऐतिहाँसिकता र सितापाईलाको दृश्यावलोक पार्कको विकासका लागि आवश्यक कार्य गर्ने छौ ।”

यसै विच सितापाईला आसपासको क्षेत्रमा वृक्षारोपन गरिएको छ । शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिले रुद्राक्षको बिरुवा रोपेर बृक्षारोपनको सुरुवात गरेका हुन् । सितापाईला पार्कमा विभिन्न फुल लगायतका अन्य प्रजाती वृक्षारोपन गरिएको छ ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार