पूर्ण के.सी.
साउन १५ , दाङ ।
दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकार संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म बिपरीत आफ्ना कृयाकलाप अघि बढाईरहेको भन्दै कांग्रेसले साउन १५ गते अर्थात अाज देशब्यापी आन्दोलनको कार्यक्रम तय गरेको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसले दाङमा गर्न लागेको आन्दोलनमा सहभागीताका लागि प्रजातान्त्रीक उद्योगी व्यवसायी सघं तुलसीपुरले आन्दोलन गर्ने जनाएको छ ।
उक्त संघले सबै उद्योगी व्यवसायीहरुलाई अान्दोलनमा सहभागी हुन अपिल गरेको छ । अान्दोलन आज १२ बजेबाट सुरु हुने बताईएको छ