काँग्रेसले दाङमा पनि सरकारको विरोध गर्दै सडक आन्दोलन गर्यो


पूर्ण के.सी.
साउन १५ , दाङ ।
वर्तमान सरकारले वहुमतको दम्भ देखाएको र काम पनि जनविरोधी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज बाट सडक आन्दोलन सुरु गरेको छ ।

दाङ सहित ७७ वटै जिल्ला सदरमुकममा नेपाली कांग्रेसले आज विरोध गर्दै सरकार बिरुद्ध नाराबाजी गरेको हो । कांग्रेस दाङले घोराहीमा बिरोध र्‍याली निकाल्दै सरकारको कडारुपमा आलोचना गरेको छ ।

मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका छन् ।

विरोध र्‍यालीमा काङ्ग्रेस नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ साउन १५ गते मङ्गलवार