भदौ ४ गते दाङमा नायक पल शाह आउदै


पूर्ण के.सी.
साउन १६ , दाङ ।

दाङमा नायक पल शाह लगाएका कलाकार आउने भएका छन् ।

चलचित्र पत्रकार संघ दाङ शाखाले भदौ ४ गते तुलसीपुरमा मनाउन लागेको वार्षिक उत्सव कार्यक्रमको अवसरमा पल शाह सँगै चलचित्र क्षेत्रका हस्ती शान्ति पृय पनि अाउने भएका हुन् । वार्षिक उत्सव कार्यक्रममा अन्य कलाकारहरु पनि आउने चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धुर्ब राज न्यौपाने डि. आर . एनले दिएका छन् ।

यसबारे आज तुलसीपुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख संघका सल्लाहकार शरद रेग्मी, पत्रकारहरु बिमल गाैतम,चेतन रेग्मी लगायतले सल्लाह सुझाव राखेका थिए ।

कार्यक्रममा संघका काेषाध्यक्ष शिव पुन, सहसचिव पुर्ण केसि, भुपेश वलि, दिपेश गुप्ता सदस्य निरला गैरे लगायतको उपस्थित भएको सचिव सन्ताेष केसिले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन १६ गते बुधवार