• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बन्गाड खोलामा बाढी आउदा गाडी रोकिए, यात्रा जोखिमपूर्ण (भिडियो सहित)


दुर्गा वि.सी.
साउन १६, सल्यान ।
पश्चिम सल्यानको बन्गाढ खोलामा पुल नहुदा वर्षेनी मानिसहरूले समस्या झेल्दै आएका छन् । पुलको जिम्मा लिएको आशिस निर्माण सेवाले समयमा काम प्रति तदारुकता नदेखाउदा वर्षातमा आवत जावतमा कठिनाई परेको हो ।

आज मात्रै छिन्चु-जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको बाढिका कारण विहानै देखि आवत जावत ठप्प भएको छ । यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका छन् । खोलामा वाढि आए पछि केही सवारी खोला पार गर्दा खोलामै फसे पछि नगरपालीकाको डोजरले उद्धार गरेको छ ।

काठमाण्डौ, नोपलगञ्ज, सुर्खेत हुदै विभिन्न स्थानबाट आतव जावतको लागि हिडेका गाडिहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यलय सल्लीवजार जनाएको छ ।

बन्गाड खोलामा समयमा पुल नवन्दा नागरिकले सास्ती खेपिरहेका छन् । यसैगरी सल्लीवजार देखि रुकुम चौहरी सडक खण्डको नाथेखोलामा पनि निर्माणधिन पक्की पुलको कामको जिम्मा लगेका ठेकेदार भागे पछि सवारी साधान आवत जावत ठप्प रहेको छ । नाथै खोलामै निर्माणधिन कल्वर्टको काम समेत ठेकेदारले अलपत्र पारेर भागेको स्थानीयले वताएका छन् ।

सल्यानको बन्गाढ खोलामा बाढी

Gepostet von Lekali Online am Mittwoch, 1. August 2018

निर्माणधिन पक्की पुलसँगै अर्को खोलामा कल्वर्ट निर्माण नभए पछि सवै यातायातका साधान खोलामा फसेका छन् । वर्षातमा आधा काम गरेर निर्माण व्यवसायी भाग्नले समस्या आईपरेको स्थानीयको गुनासो छ । २ दिन देखि परेको अविरल वर्षाका कारण दुवै राजमार्ग बन्द भएका छन् । बन्गाड कुपिण्डेको अन्य ग्रामिण सबै सडकहरु भने पहिले नै बन्द भएका छन् । नगरका नयाँ खनेका प्रया सवै ग्रामिण सडकह पुर्णरुपले वन्द छन् ।

आज वर्षातले अबरुद्ध भएको सडक भोलिसम्म खुल्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०७५ साउन १६ गते बुधवार