रोल्पामा टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


मनिषा राई
साउन १७, रोल्पा ।
रोल्पामा टयाक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

बालुवा र सिमेन्ट बोकेको रा १ त १५०७ को टयाक्टर गएराति ८ः३० बजे दुर्घटना हुदा दाङ तुल्सिपुर उपमहानगरपािलका ७ टिकारापाता बस्ने बर्ष २७ का चालक आसाराम चौधरी, सहचालक रोल्पा गंगादेव गाउपालिका १ का अन्दाजि १८ बर्षका डम्बर बहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना भए लगत्तै इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाका प्रहरी निरिक्षक राज कुमार पहाडी सहित ११ जनाको टोली घटनास्थलमा गई मृतकको शव निकालिएको थियो ।

मृतकको शव हाल इलाका प्रहरी कार्यलय घर्तीगाउमा राखिएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा लैजाने इलाका प्रहरी कार्यलय घर्तीगाउले जनाएको छ ।

टयाक्टर कच्ची सडकबाट ५०० मिटर तल खसेको जनाइएको छ । टयाक्टर पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । पश्चिम रोल्पाको माडी गाउपालिका २ घर्तीगाउ देखि ओत जादै गरेको टयाक्टर माडी गाउपालिका १ भितावाङमा भिरालो बाटोका कारण अनियन्त्रित भई पल्टिएको हो ।

उक्त टयाक्टर गंगादेव गाउपालिका १ बस्ने चुरामनि वलीको रहेको छ ।

प्रकाशित मिति : २०७५ साउन १७ गते बिहिवार