दाङमा २ दिने नागरिक प्रहरी सम्वाद कार्यक्रम


पूर्ण के.सी.
साउन १७, दाङ ।

विपन्न तथा सीमान्तकृत समुदाय विशेषगरि महिलाहरूको सुरक्षा र न्यायमा पहुँच अभिबृदी गर्ने उदेश्यले २ दिने पारस्परिक जवाफदेहिता सहित नागरिक प्रहरी सम्वाद कार्यक्रम आज देखि तुलसीपुरमा सुरु भएको छ ।

युके एडको सहयोग सर्चफर कमन ग्राउन्ड र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा भएको कार्यक्रममा बोल्दै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सचीव लक्ष्मीमान चौधरीले यस्ता कार्यक्रमले विपन्न समुदायलाई सुरक्षा र न्यायमा पहुँच अभिबृदि गर्न सहयोग गर्ने र आफुहरुले यस्ता कार्यक्रम आगामी दिनहरु गर्दै जाने बताए ।

यस्तै पहुँच कार्यक्रमका संयोजक गिरिराज भट्टले पहुँच कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । सर्चका जिल्ला संयोजक राजेन्द्र अधिकारीले प्रहरी र नागरिकको सम्बन्ध सुमधुर बनाउनेमा यी र यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए ।

कार्यक्रमको सहजीकरण अनिता पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रम भोलि समापन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १७ गते बिहिवार