• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

दाङमा सर्पको टोकाइबाट एक बालकको ज्यान गयो


पूर्ण के.सी.
साउन १७, दाङ ।

दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डी निवासी साढे दुई वर्षका बालक रिदम कँवरको सर्पको टोकाइबाट आज मृत्यु भएको हो ।

सर्प दंशवाट गम्भीर विरामी परेका बालक रिदमलाई दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पातलको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन १७ गते बिहिवार