• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

भदौ ४ गते दाङमा पल शाह अाउने, कार्यक्रमको तयारी तीब्र पारिदै


पूर्ण के.सी.
साउन १८ , दाङ ।
चलचित्र पत्रकार संघ दाङ शाखाले अाउदो भदौ ४ गते दोस्रो वार्षिक उत्सवको तयारी तीब्र पारिएको संघले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बरिस्ठ पत्रकार संगीत बस्यालले संघले जिल्लाका सबै रङ्ग पत्रकारलाई समेटेर लैजान आग्रह गरेका थिए । यस्तै संघका अध्यक्ष धुर्ब राज न्यौपानेले दाङकै कलाकार अहिलेका चल्तीका नायक पल शाहलाई ल्याउने तयारी गरेको बताए । साथै उहाँले कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्यको आवश्यक रहेको र सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष शिव पुनले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचीव सन्तोष के.सी. ले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रवार