• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

दाङमा १० वर्षीया वालिका बलात्कृत


पूर्ण के.सी.
श्रावण १८ , दाङ
दाङमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन । यसैबीच दाङ घोराहीमा एकजना दश बर्षीया अपाङ्ग बालिका बलात्कार भएकि छिन ।

घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी एकजना अपाङ्ग तथा सुस्त मनस्थिती भएकी बालिका बलात्त्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अभियोगमा घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रवार