• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानबाट ६० करोड भन्दा बढी मुल्यका खसीबोका निकासी


सरिता चलाउने
साउन १९, सल्यान ।
सल्यानबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको जनाइएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको जिल्ला पशुसेवा कार्यालय सल्यानले जनाएको छ ।

सल्यान बाख्रा पालनका लागि निकै सम्भावना भएको र उपयुक्त ठाऊ मानिन्छ । यहाँका किसानहरु घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । यस जिल्लामा ५ लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको जिल्ला पशु सेवा कार्यालय सल्यानका प्रमुख बाल कुमार श्रेष्ठले बताए ।

सल्यानको खसी बोका काठमाडांै, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढि माग हुने गर्दछ ।

प्रकाशित मिति : २०७५ साउन १९ गते शनिवार