• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानको ढुङ्गे बजार र सितल बजारमा सरसफाइ


लेकाली अनलाइन
साउन १९, सल्यान ।
सल्यानको ढुङ्गेबजार र सितल बजारलाई सरसफाइ गरिएको छ ।

त्रिवेणी गाउँपालिका ३ मा रहेको ढुङ्गे बजार र सितल बजारलाई शुक्रबार सरसफाइ गरिएको हो । त्रिवेणी मावि सरिकोट, ढुङ्गे बजार स्वास्थ इकाई समिति, सितल बजार व्यवस्थापन समिति र ढुङ्गे बजार व्यवस्थापन समितिको सकृयतामा बजार सफाइ गरिएको हो ।

३ नम्बर वडा अध्यक्ष हुकुम प्रसाद महतराको अगुवाइमा सरसफाइ भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतराले अब बजारका प्रत्येक पसलहरु, चौतारो, स्कुल, सार्वजनिक मास्थानमा सरसफाइका लागि डस्बिन राख्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ साउन १९ गते शनिवार