• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

जाजरकोटमा पहिरो जाँदा ३ घर पुरिए


साउन २०, जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ ठाँटीबजारमा पहिरो जाँदा तिन वटा घर पुरिएका छन् । आइतबार बिहान ८ बजेतिर पहिरो खसेको हो ।

पहिरोले क्रान्तिकारी पत्रकार संगठन नेपाल जाजरकोट अध्यक्ष तिर्थराज बोहराको घर पनि पुरिएको छ । अध्यक्ष वोहराको घरबाट उनि र उनको जीवन संगिनीको उद्वार गरिएको छ । अध्यक्ष वोहराका एक छोरी र छोरा पहिरोमा परेका छन् ।

अन्य दुई घरमा बस्ने कति जना थिए र पहिरोमा कति जना परे भन्ने कुरा पत्ता लागेको छैन । अहिले उद्वार कार्य जारी रहेको छ । घटना स्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र स्थानीयबासी उद्वार कार्यमा जुटेका छन् ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार