• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

विभिन्न संघ संस्थाद्धारा दाङ जिल्ला प्रहरी प्रमुखको विदाई ।


साउन २०, दाङ > जिल्ला वाट सरुवा भएर काठमाडौ जान लागेकि जिल्ला प्रहरी प्रमुख  एस.पी.दुर्गा सिंह चन्दलाई विदाई गरिएको छ । तुलसीपुर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले आज एक कार्यक्रमका विच विदाई गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमगरि कार्यसम्पादन र क्षमता मूल्याङ्गन गर्दै जिल्ला प्रहरी प्रमुखको विदाई गरेको हो । संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगरविकास समिति, रिर्पोटर्स क्लव दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्त रुपमा विदाई गरेका हुन ।

 

सो अवसरमा वोल्दै एस.पि. सिंहले दाङ वसाई क्रममा सहयोग गर्नु हुने सबै तह र तप्कालाई धन्यवाद समेत दिएकि थिईन । उनले नागरिकको सहयोग र सूचना वाट मात्रै प्रहरीले समाजमा शान्ति स्थापना गर्न सफल हुने वताएकि थिईन ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ वहादुर के.सी., रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका वरिष्ट उपाध्यक्ष राम प्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए भने संचालन संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार