गोरक्षको गौरवशाली १४ वर्ष


साउन २० , दाङ > दाङ बाट प्रकाशण हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिकले गौरवमय १४औं वर्ष पार गरेको छ । वार्सिक उत्सवको अवसरमा पत्रीकाले आज तुलसीपुरमा सुझाव संङ्कलन तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।

पत्रिकाका प्रकाशक शुलोचना गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मेयर पाण्डेले मिडियाले समाजमा दबेका कुरालाई उजागर गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्काले पत्रीकालाई अब परिमार्जित तरिका बाट लैजान आग्रह गरे ।

कार्यक्रममा तुलसीपुर वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछाने वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह , वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकाल , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रकाश सापकोटा , राप्ती आँखा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल , तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली , नेविसंघ क्षेत्र नं. ४ का सभापति एकराज खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्री ,

समाजसेवी टोपबहादुर महतरा लगायतले बोलेका थिए ।

यस्तै , नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण प्रशाद आचार्य, रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, , राप्ती समाचार राष्ट्रिय दैनिक पत्रिका सञ्चालक समितिका अध्यक्ष संगित बस्याल, रेडियो सञ्जिवनीका समाचार सम्पादक विमल गौतम, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धुर्वराज न्यौपाने, समय अनुसार पत्रिकाको पेज थप्न तथा पत्रिका रंगिन बनाउन सल्लाह दिए । उनीहरुले पत्रिकाको निन्तरता र गुणस्तरीयतामा बिषेश ध्यान दिन आग्रह गरेका छन् ।

गोरक्ष दैनिकका इन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार