• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

अपडेट : घाइतेहरुको उपचारमा कमी हुँदैन ः नगरप्रमुख पाण्डे


साउन २० दाङ > घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने गुहारखोलाले वस वगाउँदा घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिनका लागि नगरप्रमुख घनश्याम पाण्डेले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । घाइतेहरुको अवस्था वुझ्नका लागि अस्पताल पुगेका पाण्डेले गम्भिर घाइतेहरुहरुलाई तत्काल उपचारका लागि वाहिर लैजान निर्देशन समेत दिएका थिए । उनले घाइतेहरुको उपचारका लागि आवश्यक परे उपमहानगरपालिकाले सहयोग गर्ने समेत वताए ।
घाइतेको अवस्था वुझ्नु अगाडी नगरप्रमुख पाण्डेले गुहारखोलाको निरिक्षण गरेका थिए । उनले यात्रुहरुका लागि आवश्यक परेमा वैकल्पि व्यवस्था गरेर गन्तव्यमा जाने व्यवस्था मिलाइने समेत वताए । सरकारले समयमै पुल निर्माण गर्न नसक्दा दुर्घटना भएको भन्दै समयमै आवश्यक संरचना निर्माण गर्नका लागि सबैले खवरदारी गर्नुपर्ने वताए ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार