पूर्ण के.सी.
साउन २१, दाङ ।
दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्सा बस्ने ५५ बर्षीय प्रेम विकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले झारफुक गरिदिने भन्दै महिलालाई आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको अाराेपमा जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । साउन १६ गते महिला माथि करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बिकलाई जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।