• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

CTEVT द्वारा प्रवेश परिक्षा स्थगित, सल्यानकाे अखिल क्रान्तिकारीले निकाल्याे यस्ताे विज्ञप्ती ?


लेकाली अनलाइन 
साउन २१, सल्यान ।

सिटिईभिटीले आज (सोमबार) लिने भनिएको प्रवेश परीक्षा स्थगितको सूचनाले विद्यार्थीहरु बिचल्ली भएको भन्दै नेत्र विक्रम चन्द “विप्लव” निकटकाे अखिल क्रान्तिकारी सल्यानले आपत्ति जनाएको छ ।

सिटिईभिटीले आज हुने भनिएको प्रवेश परीक्षा विना कारण अन्तिम समयमा स्थगित गरिएको सूचनाले आम विद्यार्थीहरुलाई अलपत्र पारेको भन्दै संगठनले आपत्ति जनाएको हो । संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले एक प्रेस विज्ञाप्ती सार्वजनिक गर्दै सिटिईभिटीले प्रवेश परीक्षा स्थगित गर्दा दशैभरी विद्यार्थीहरु बिचल्लीमा परेकाे भन्दै यथासिघ्र परिक्षाकाे अर्काे ताेक्न अाग्रह गरेका छन् ।

सिटिईभिटीको प्रवेश परीक्षाको नयाँ मिति तत्काल घोषण नगरेमा सम्पूर्ण संघर्षका बाधात्मक चरणका कार्यक्रम घोषणा गर्ने समेत विज्ञप्ती मार्फत चेतावनी दिइएकाे छ ।

हेर्नुहाेस् विज्ञप्ती

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार