• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

रोल्पामा १३ दिन देखी हराएका ब्यक्ती मृत फेला


साउन २१, राेल्पा ।

रोल्पामा १३ दिन देखी हराएका १ ब्यक्ती मृत अबस्थामा फेला परेका छन् ।

यहि साउन ८ गते देखी बेपत्ता रहेका रोल्पा नगरपालिका ९ बिनासी करिब ५८ बर्षीय आश बहादुर पुन मगरलाइ आइतवार स्थानीयहरूले फेला परेका हुन । खोज तलास गर्ने क्रममा आइतवार साझ झ्यापुर धारा भिरबाट खसेर मृत्यु भएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सदरमुकामबाट करिब ६ घण्टा टाढा पर्ने सो स्थानमा पुगेको प्रहरीले मृतकको शबलाई पोष्टमाटमको लागी सदरमुकमा स्थित जिल्ला अस्पतालमा ल्याएको बताएकोछ ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार