निरला अर्याल
साउन २० दाङ ।
महिला पुर्नस्थापना केन्द्र ओरेक दाङको आयोजनामा महिलामैत्री स्वास्थय सेवा संचालनमा स्वास्थयकर्मीहरुको भूमिका विषयक तीन दिने तालिम हिजो आइतबार तुलसीपुरमा सम्पन्न भएको छ ।
यौन तथा प्रजनन स्वास्थय अधिकार र पाठेघर खस्ने समस्याको व्यवस्थापन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको थियो । महिलाहरुको स्वास्थयमा प्रत्यक्ष असर पर्ने पाठेघर खस्ने, पाठेघरमा क्यान्सर हुने, योनी चिलाउने, सेतो पानी बग्ने लगाएतका विषयमा ओरेक नेपालका कार्यक्रम निर्देशक तथा प्रशिक्षक अभिराम रायले जानकारी गराए ।
अधिकांश महिलाहरु गुणस्तरीय स्वास्थय सेवा नपाएको र कर्मचारीहरुको अभावले महिलाहरुको समस्याहरु राम्रोसँग यकिन गर्न नसकेको स्वास्थयकर्मी कल्पना केसीले बताइन् ।
सामाजिक विभेदको प्रत्यक्ष असर महिलाको प्रजनन स्वास्थय तथा सर्वाङिण विकासमा परेकोले अवका दिनमा बन्ने स्वास्थय नीति महिलामैत्री हुनुपर्ने महिला मानव अधिकार रक्षक संजालका संयोजक सुष्मा गिरीले भनाइ रहेको थियो ।
तालिमा तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तीनगर गाँउपालिका,दंगीशरण गाँउपालिका लगाएतका पालिकाहरुको स्वास्थयकर्मीहरको सहभागीता रहेको थियो । तालिममा २६ जनाको सहभागीता रहेको थियो भने प्रशिक्षकमा ओरेक नेपालका कार्यक्रम निर्देशक अभिराम राय र वरिष्ठ स्वास्थयकर्मी सुदृष्टि श्रेष्ठ रहेका थिए । र ओरेक दाङका जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थय संयोजक डा. गोर्कण दाहालको प्रमुख आतिथ्यतामा भएको तीन दिने तालिम समापनको सहजीकरण कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन् ।