• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानकाे अारती टेक्निकलकाे पर्दाफास, इन्ट्रान्समा नाम निकाल्न ६० हजार मागेकाे सार्वजनिक


लेकाली अनलाइन
साउन २१, सल्यान ।

सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युले विद्यार्थीहरूबाट ६० हजार माग्दै प्रबेशीका परिक्षा (इन्ट्रान्स) मा नाम निकालिदिने तथ्य सार्वजनिक भएकाे छ ।

CTEVT बाट मान्यता प्राप्त भएकाे अारती टेक्निकल ईन्स्टिच्युले साेमबार राेकिएकाे प्रबेशीका परिक्षापछि ६० हजार दिए जुनसुकै विद्यार्थीकाे नाम निकालिदिने भन्दै माेटाे रकम मागेकाे हाे । भेटनरी जेटिएमा करिब २०० जना भन्दा धेरैले फारम भरेकाे अारतीमा ४० जनाकाे काेटा रहेकाे छ । उक्त ४० जनाकाे काेटामा पर्नकाे लागि अहिले सल्यान लगाएत बाहिरी जिल्लाबाट SEE दिएका विद्यार्थीहरू अाएका छन् ।

सरकारी तथा निजि विद्यालयबाट राम्राे जिपिए नम्बर ल्याएर पढ्छु भन्दै गाउँबाट सहर झरेका विद्यार्थीहरू सुरुमै प्रबेशीका परिक्षामा ६० हजार मागेपछि पढाइदेखि हरेस खाएर याे कुरा लेकाली अनलाइनकाे कार्यालयमा अाएर सार्वजनिक गरेका हुन्  । नाम गाेप्य राख्ने सर्तमा एक विद्यार्थीले भने –  “भेटनरी जेटिएकाे लागी प्रबेशीका परिक्षामा नाम निकालिदिन्छाैँ भन्दै संचालक दुर्गा भण्डारीले हामीबाट ६० हजार घुस मागेका छन् ।”

उक्त विद्यार्थीले लेकाली अनलाइनलार्इ दिएकाे अडियाे रेकर्डरमा पनि प्रस्ट सुनिन्छ- संचालक दुर्गा भण्डारीले ६० हजार रुपैयाँ दिएपछि ढुक्क सँग इन्ट्रान्समा नाम निकालीदिने बताएका छन् । उनले भनेका छन् – “तपार्इ हामीलार्इ ६० हजार रुपैयाँ दिनुहाेस्, हामी ढुक्कसँग नाम निकालिदिन्छाैँ, तपार्इ इन्ट्रान्स नै दिनुपर्दैन् ।”

त्यसैगरी अर्का नाम गाेप्य राख्ने विद्यार्थीका अनुसार साेमबार इन्ट्रान्स राेकिएपछि अारती टेक्नीकलले एक्कासी अाफुरुलार्इ फाेन गरेर कार्यालयमा बाेलाएकाे र नाम निकाल्नु छ भने ६० हजार दिए निस्किन्छ । त्यसैगरी याे कुरा अरु विद्यार्थीलार्इ भन्नु तर बाहिर अावट नगर्नु भनेकाे बताए । उनका अनुसार नाम निस्किएपछि एकदुर्इ महिना अारती मै पढ्ने र पछि बाहिर पढ्नु पर्ने बताइएकाे छ । ति विद्यार्थीले भने- “हामी गाउँदेखि SEE मा राम्राे नतिजा ल्याएर पढ्छाैँ भन्दै सहर अायाै तर यहाँ शिक्षामा पनि घुस चल्दाे रहेछ ।” पहिले स्कलरसिपमा नाम निकाल्न पनि काेटा छ भनेकाे तर अहिले अाएर त्याे पनि छैन् भनेकाे उनिहरुले बताए ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार