• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

अारतीकाे प्रदाफास पछि अखिल क्रान्तिकारी सल्यानले निकाल्याे कडा विज्ञप्ती


लेकाली अनलाइन
साउन २२, सल्यान ।

सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युले विद्यार्थीहरूबाट ६० हजार मागेर प्रबेशीका परिक्षा (इन्ट्रान्स) मा नाम निकालिदिने तथ्य खुलासा भएपछि नेत्र विक्रम चन्द “विप्लव” निकटकाे अखिल क्रान्तिकारी सल्यानले कडा विज्ञप्ती निकालेकाे छ ।

CTEVT बाट मान्यता प्राप्त भएकाे अारती टेक्निकल ईन्स्टिच्युले इन्ट्रान्स अघि ६० हजार दिए जुनसुकै विद्यार्थीकाे नाम निकालिदिने भन्दै माेटाे रकम मागेकाे समाचार लेकाली अनलाइनमा अाएपछि क्रान्तिकारीले घुस खाने ईन्स्टिच्यु भन्दै त्यसकाे कडा बिराेध गरेकाे हाे । साे संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उक्त ईन्स्टिच्युमा छानविनकाे माग गरेका छन् ।

संगठनकै भाषामा विज्ञप्तीमा भनिएकाे छ- “प्रबेश परिक्षामा नाम निकाल्ने नाममा ६० हजार घुस माग्ने शैक्षिक माफियलार्इ कारबाहि गर्ने प्रशासन तथा सम्बन्धित निकाय सँग जाेडदार माग गर्दछाैँ । नेपाली विद्यार्थीकाे हक अधिकारकाे लागी हाम्राे संगठन सडकमा बाघकाे रुपमा अाएकाे र यस्ताे खुलियाम हुने शैक्षिक व्यापारीलार्इ हामी टुलुटुलु हेरेर बस्दैनाैं ।”

साथै उक्त संगठनले यस्ताे कुरा पर्दाफास गर्ने मिडियालार्इ विज्ञप्तीमार्फत धन्यवाद दिएकाे छ ।

 

यसअघिकाे समाचार पढ्नुहाेस्

सल्यानकाे अारती टेक्निकलकाे पर्दाफास, इन्ट्रान्समा नाम निकाल्न ६० हजार मागेकाे सार्वजनिक

प्रकाशित मिति : २०७५ साउन २२ गते मङ्गलवार