पूर्ण के.सी.
साउन २२ , दाङ ।
तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा परिचित गराउने उदेश्यले हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अन्तरगत हरेक मंगलवार तुलसीपुर उपमहानगरपालीकाको अगुवाई तथा यस क्षेत्रका विभिन्न संघ सस्थाको सकृयतामा सरसफाई कार्यक्रम हुदै आएको छ ।
यसैक्रममा आज पनि तुलसीपरलाई हराभरा बनाउने अभियान अन्तरगत बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार तुलसीपुर बजारका विभिन्न स्थानमा बिरुवा रोपिएको छ ।
सो बृक्षारोपन कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डे , विभिन्न संघ सस्थाका पदाधिकारी, सरोकारवाला र पत्रकारको सहभागीता रहेको थियो ।