• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

कपुरकोटमा आज किसानले कुन मुल्यमा तरकारी विक्रि गरे ?


साउन २२, सल्यान ।
सल्यान कपुरकोटमा आज मंगलबार पनि किसानहरुले आ-आफ्नो कृषिजन्य उत्पादन विक्रि गरेका छन् । हरेक साताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने कपुरकोटमा किसानले वेमौषमी तथा मौषमी जातका तरकारि र फलफुल विक्रि गरेका हुन् ।

मंगलबारको तरकारि बजारमा किसानले टमाटर प्रतीकिलो ४० देखि ५५, काउली २० देखि २८, भेडे खुर्सानी ४० देखि ७०, सिमि ४० देखि ७० रुपैयामा विक्रि गरेका छन् ।

यस्तै खुर्सानी ३० देखि ५०, काँक्रा २० देखि २५, लसुन ३० देखि ५०, अदुवा ५५ देखि ६५, बन्दा गोभि १७ देखि २३ र धनिया एक सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बजार प्रतिनिधि कृष्ण बुढाथोकीले जानकारि दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मङ्गलवार