दुर्गा वि.सी.
साउन २२, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालक घार्इते भएका छन् । घार्इते हुनेमा दाङ घर भएका ट्याक्टर चालक २० वर्षीया शान्तराम चौधरी घाईते भएको प्रहरीको भनाई रहेको छ ।
जिल्लाकाे बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर ६ कुवाखोलामा रा १ त २२५८ नम्बरको ट्याक्टर सोमबार वेलुकि ५ वजेतीर दुर्घटना भएको हाे । त्रिवेणी वजारबाट सल्लीवजार जाँदै गर्दा अर्को ट्याक्टरलाई ओभर ट्याक् गर्न खोज्दा पानी परेकोले चिप्लीएर सडक देखि एक सय मिटर तल खसेको ईलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ ।
उनलाई उपचारको लागि सुर्खेत लगिएको छ । उक्त ट्याक्टर यस अघि ३ पटक दुर्घटनामा परी सकेको छ ।