लेकाली अनलाइन
साउन २२, सल्यान ।
सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युले प्रबेशीका परिक्षा (इन्ट्रान्स) अघि नै ६० हजार रकम मागेकाे समाचार यसअघि लेकाली अनलाइनले प्रकाशित गरेकाे प्रति उक्त ईन्स्टिच्युले अाज समाचार तथ्य विहिन भनेर विज्ञप्ती निकालेकाे छ ।
विद्यार्थीहरुका गुनासा सुन्दै लेकाली अनलाइनले अारती टेक्निकल ईन्स्टिच्युकाे भित्री कुरालार्इ सबुत प्रमाणकाे अाधारमा पर्दाफास गरेकाे थियाे । र यी प्रमाणहरुलार्इ लेकाली अनलाइनले गाेप्य रुपमा राखेकाे थियाे । तर अारती टेक्निकल ईन्स्टिच्युले भने याे कुरा सत्य नभएकाे भनि विज्ञप्ती निकाले पछि लेकाली अनलाइनले बाध्य भएर यहि अनलाइनबाट गाेप्य राखिएका प्रमाणहरु सार्वजनिक गरेकाे छ ।
प्रमाणका अाधारमा अारती टेक्निकलमा TSLC पुर्ण सुल्किय भेटनरी जेटिए प्रबेश परिक्षा (इन्ट्रान्स)मा फाराम भरेका विद्यार्थीहरुलार्इ साेमबार इन्ट्रान्स राेकिएपछि एक्कासी कार्यालयमा बाेलाएर ६० हजार मागेपछि विद्यार्थीहरुले याे कुरा लेकाली अनलाइनका संवाददाता सँग भनेका थिए । उनिहरुले भनेकाे अडियाे रेकर्ड समेत हामीले सुरक्षित राखेका थियाैं। विद्यार्थीहरुले भनेका थिए – “भेटनरी जेटिएकाे लागी प्रबेशीका परिक्षामा नाम निकालिदिन्छाैँ भन्दै संचालक दुर्गा भण्डारीले हामीबाट ६० हजार घुस मागेका छन् ।”
सुन्नुहाेस् पिडित ४ जना विद्यार्थीहरु सँगकाे करिब ६ मिनेटकाे अडियाे रेकर्ड
त्यस्तै एकजना विद्यार्थीले ईन्स्टिच्युका संचालक दुर्गा भण्डारीसँग कुरा गरेकाे छाेटाे अडियाे रेकर्डमा सुन्न सकिन्छ- “इन्ट्रान्स पछाडी हुन्छ अहिले ६० हजार ल्याउ भन्दै गर्दा विद्यार्थीले अलि कममा हुदैनर सर, इन्ट्रान्स कहिले हुन्छ सर भन्दा संचालक भण्डारीले इन्ट्रान्स जहिले भएपनि किन चाहियाे र ? चुपचाप लागेर ढुक्कसँग बस ।” भनेका छन् ।
सुन्नुहाेस् पिडित विद्यार्थीले ल्याएकाे याे अडियाे रेकर्ड
यस्ताे छ अारती टेक्निकल ईन्स्टिच्युकाे विज्ञप्ती
यसअघिकाे समाचार पढ्नुहाेस्
सल्यानकाे अारती टेक्निकलकाे पर्दाफास, इन्ट्रान्समा नाम निकाल्न ६० हजार मागेकाे सार्वजनिक