• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा करेन्ट लाग्दा एक महिलाको ज्यान गयो


लेकाली अनलाइन

साउन २२, दाङ ।

करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु भएको छ ।

दंगीशरण गाउपालिका वडा नं ७ बागर निवासी ३३ वर्षीया झुपि कुमारी पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घरमा पानी तान्ने मोटर जोड्ने क्रममा मंगलबार करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाईते भएकी पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मङ्गलवार