देविराम कुसारी, साउन २२ दाङ > दंगिशरण गाउँपालिका वडा नं १ र २ को मुल सडक अवरुद्ध भएको छ । वडा नम्वर दुईको तुईसोतामा बाढीले सडक बिगारेपछि मुल सडक अबरुद्ध भएको हो ।
गोल्टाकुरीको मुख्य समस्याका रुपमा रहेको तुईसोतामा पुलन नहुँदा समस्या भएको वडा अध्यक्ष तुलसीराम देवकोटाले वताए । यसरी मुल सडक अवरुद्ध भएपछी यातायातका साधन दमारगाउवाट घुमेर आवतजावत गर्नुपर्ने वाध्यता भएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
वडा नम्वर २ को तुइसोता, कौवाघरी, सातटाकुरामा सडक पनि विग्रिएको छ ।
यसरी विग्रिएको सिम्तारा कौवाघारि र सातटाकुरमा ग्राभेल गरेको देवकोटाले जानकारी दिए । यसरी सडकको अवस्था जिर्ण वन्दै गएपछि जनप्रतिनिधि आफै सडक मर्मतमा खटेका छन् । साविकको गोल्टाकुरी गाविस पर्ने ती वडामा वर्षातको कारण सडक विग्रिए पछि जनप्रतिनिधि नै सडक मर्मतमा लागेका हुन् ।
गोल्टाकुरीको रामपुर, ओविचिरा, सातटाकुरामा सडकको अवस्था जिर्ण वनेको छ । मगंलवार मात्रै रामपुरको चौधरी गाउमा र ओविचिरामा मर्मत गरिएको वडा अध्यक्ष श्रीप्रशाद चौधरीले जानकारी दिए । वडाका युवराज खड्का, युवराज विष्ट लगाएतका युवाले पानी र चाउचाउको भरमा सडक मर्मतमा लागेको अध्यक्ष चौधरीले जानकारी दिए ।