• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुरमा तरकारी र फलफुल बजार छुट्टै बनाईदै


पूर्ण के.सी. साउन २३ , दाङ > स्माट सिटिकै अवधारणा अन्तरगत तुलसीपुर बजारमा तरकारी तथा फलफुल कृषि वजार केन्द्र निर्माण गरिने भएको छ । वजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफुल लगायत कृषिलाई व्यवस्थित गर्नका लागि वजार केन्द निर्माण गर्न लागेको तुलसीपगत उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

१ करोड ८० लाखको लागतमा निर्माण हुन थालेको वजार केन्द्रको उपमहानगरपालिकामा सम्झौता गरिएको छ । सम्झौता अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमिनमा वजार केन्द्र निर्माण गरिने भएको छ ।
फलफुल र तरकारीको छुट्टै बजार बन्ने भएपछि फुटपाथका व्यापारीले व्यवस्थीत ठाँउ पाउने भएका छ्न भने सडक फराकिलो हुनेछ । जसले गर्दा दुर्घटनामा कमि आउने अपेक्षा सबैको छ । तुलसीपुर उपमहानगरपालिकाले थालेको यो कदमलाई सबैले स्वागत गर्न लायक काम भनेका छ्न ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार