साउन २३, काठमाडौँ ।
प्रहरीले पेस्तोल देखाउँदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको डेरामा प्रहरीले छापा मारेको छ ।
आज अर्थात बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारा स्थित डेरामा प्रहरीले छापा मारेको हो । इंस्पेक्टरको कमाण्डमा प्रवक्ता प्रकाण्डको डेरामा पेस्तोल देखाउँदै, बच्चाहरुलाई तर्साउदै गाली गलौज गर्दै छापा मारि केही कागजपत्रहरु लिएर गएको उनका छोरा नरेन्द्र विकले जानकारी दिएका छन् ।
पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ ।
प्रचण्ड–आली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मी लगायतहरुले विरोध गर्दै आइरेका छन् ।