• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

अारतीकाे काण्ड : सल्यानका प्र.जि.अ. भन्छन् “अारतीलार्इ थुरथार गर्न लगाइएकाे छ”


लेकाली अनलाइन
साउन २३, सल्यान ।

प्रबेशीका परिक्षा (इन्ट्रान्स) अगाडी नै विद्यार्थीहरुबाट ६० हजार घुस मागेपछि सल्यानकाे अारती टेक्निकल ईन्स्टिच्युटलार्इ सचेत पारिने प्रमुख जिल्ला अधिकारी (CDO)परमानन्द घिमिरेले बताएका छन् ।

सल्यान जिल्लाबाट संचालित लेकाली अनलाइनमा अारतीकाे पर्दाफास भनेर ६० हजार घुस मागेकाे प्रमाण सहित समाचार प्रकाशित भएपछि जिल्लाकाे शिक्षा क्षेत्रकाे अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख तथा प्र.जि.अ. घिमिरेले यस्ताे काम गर्ने संचालक दुर्गा भण्डारीलार्इ सचेत पर्ने र फेरीपनि वाच गर्ने बताएका छन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै प्र.जि.अ. घिमिरेले भने- “अारती टेक्निकल सिधै म कहाँ अाएकाे भए सधैका लागी ठेगान लगाउथ्ये तर पनि सहायक प्र.जि.अ. मार्फत बाेलाएर थुरथार गर्न लगाइएकाे छ।”

तर लेकाली अनलाइनले सबुत प्रमाण अाम पाठक सामु सार्वजनिक गरिसक्दा पनि यस्ताे कार्य गर्ने अारती टेक्निकललार्इ सचेत पार्नु मात्रै नभएर थप कस्ताे खालकाे कारबाही हुन्छ भनेर धेरैकाे जिज्ञासा जागेकाे छ !

अारतीका अरू समाचारहरू पनि पढ्नुहाेस्

इन्ट्रान्स अगाडी नै ६० हजार मागेपछि अारतीकाे विज्ञप्ती, लेकाली अनलाइनले दियाे सबुत प्रमाण

अारतीकाे प्रदाफास पछि अखिल क्रान्तिकारी सल्यानले निकाल्याे कडा विज्ञप्ती

सल्यानकाे अारती टेक्निकलकाे पर्दाफास, इन्ट्रान्समा नाम निकाल्न ६० हजार मागेकाे सार्वजनिक

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार