• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

जिल्ला प्रहरी प्रमुखको बिदाई …..


  1. शरद रेग्मी श्रावण २३ दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिहलाई आजपनि दाङमा विभिन्न सङघ सस्थाहरुले बिदाई गरेका छन ।

बुधबार  ब्रह्माकुमारी इस्वरिय विश्व बिद्यालय राप्तिले एक कार्यक्रमका बिच बिदाई गरिएको छ । दाङबाट सरुवा भएर काठमाडौ जानलाग्नु भएकि प्रहरी उपरीक्षक (एस.पि सिहलाई मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाई गरिएको छ । सो अबसरमा बोल्ने बक्ताहरुले नागरिक मैत्रि ब्यबहर र कार्यदक्षताले गर्दा जिल्लामा सुरक्षा चुस्त भएको बताएका थिय ।

उनिहरुले समाजमा महिलाहरुको कार्य दक्षता र क्षमताको उदाहरण जिल्ला प्रहरी प्रमुखले दाङमा प्रदर्शन गर्न सफल हुनुभएको भन्दै धन्यवाद समेत ज्ञापन गरेका छन । ब्रह्माकुमारी इस्वरिय बिश्व बिद्यालय क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र राप्तीकि क्षेत्रीय प्रमुख गिता दिदिको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै एसपि सिङले दाङ जिल्ला बासिहरुले ठुलो गुण लगाएको भन्दै आफुले दाङलाई कहिल्यै भुल्न नसक्ने बताउनु भयो । सो अबसरमा महिला अधिकारकर्मी सुष्मा गिरि,रासस प्रमुख नारायणी रजौरे,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,रेडियो सञ्जिवनि एफएमका सम्पादक बिमल गौतम ,लक्ष्मी केसि,लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण राजयोग प्रशिक्षक माधव तिमिल्सेनाले गर्नु भएको थियो ।

यता घोराहीमा शाखाले पनि एक कार्यक्रमका गरि दाङका प्रहरी उपरीक्षकको बिदाइ गरेको छ । शाखाकी सह सन्चालिका पुस्पा बैनीले खादा टीका र मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

एस पि सिहले आफुले जनतालाई केन्द्र बिन्दुमा राखी आफ्नो क्षमता र योग्यताले भ्यायसम्म महिला हिसा, वालवालिका लगायत समग्र शान्ति सुरक्षाको सवालमा निष्ठापुर्वक लागेको भन्दै आफुलाइ कार्यसम्पादनमा सहयोग गर्नु हुने सबैमा आभार ब्यक्त गर्नु भयो । ब्रह्माकुमारी संस्थाले गरेको सकारात्मक कार्य आफ्नो लागि मार्ग दर्शन भएको बिचार राख्दै आगामी दिनहरुमा आध्यात्मिक पथमा लाग्ने प्रतिबद्धता समेत गर्नु भयो ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार