• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ


साउन २३, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीको एक टोलीले प्रवक्ता प्रकाण्डलाई राजधानीबाट बुधबार बिहान ११ः३० बजे गिरफ्तार गरेको हो । अहिले उनलाई महानगरीय परिसर टेकुमा राखिएको छ । उनलाई अहिले ३ बजे अदालत लैजाने तयारी भइरहेको जनाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेको पुष्टि गरेका छन् । प्रकाण्डलाई कहाँबाट गिरफ्तार गरिएको हो भन्ने स्थान भने खुलाउन चाहेनन् । प्रकाण्डसँगै केही नेता समेत गिरफ्तार गरिएको बुझिाएको छ ।

आजै बिहान काठमाडौंको सुकेधारास्थित निवासमा सादा पोशाकमा गएको प्रहरीले छापा मारेको थियो । त्यसबेला भने प्रकाण्ड फेला परेनन् । लत्ताकपडा र भाँडावर्तन छरपष्ट पारेर टोली फर्किएको थियो ।

निवासमा रहेका परिवारका सदस्यहरुलाई अभद्र व्यवहार गर्नुका साथै र प्रकाण्डको खोजी गरेको थियो । टोलीले केही कागजात समेत लिएर गएको जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार