• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि विप्लवकाे कडा चेतावनी, साउन २९ गते नेपाल बन्द


साउन २३, काठमाडौँ ।

नेकपाका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डलाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार बेलुका काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरेको हो । उनका साथै हरिश्चन्द्र आचार्य र अर्का सहयोगीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाले प्रवक्ता प्रकाण्डसहित तीनैजनाको गिरफ्तारीको भत्र्सना गर्दै प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेर यही साउन २९ गते मङ्गलबार नेपाल बन्द घोषणा गरेको छ।

नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दमनले प्रतिरोध जन्माउने र त्यसले दमनकारी शासकहरूको अन्त्य गर्ने पनि जनाएका छन।

केपी ओली सरकारको दमनको बाटो भनेको पराजयको बाटो भएको जनाउदै दमनले भिषण संघर्ष निम्त्याउने विप्लवको भनाइ रहेको छ।

पार्टी प्रवक्ताको गिरफ्तारीपछि अविचलित रही आआफ्नो जिम्मेवारीमा डटिरहन महासचिव विप्लवले सबै नेता र कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन।

प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक

प्रवक्ता प्रकाण्डको गिरफ्तारी पछी नेकपाले साउन २५ गते देखि प्रतिरोधात्मक संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।

साउन २५ गते देशव्यापी कोणसभा गर्ने जनाएको छ भने २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र साउन २९ गते नेपाल बन्द गर्ने चरणबद्ध कार्यक्रम नेकपाले सार्बजनिक गरेको छ।

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार