• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

चर्चित नायिका अश्लेसा सिहं ठकुरी तुलसीपुरमा


पूर्ण के.सी. सााउन २३,  दाङ
नेपाली चलचित्र क्षेेत्रकि हिट नायिका अश्लेसा सिंह ठकुरी सहित चलचित्र मेरि मामुको टिम प्रचारको सिलसिलामा तुलसीपुर आएको छ । कलाकारलाई चलचित्र पत्रकार संघ दाङ शाखाले स्वागत संगै अन्तरकृया कार्यक्रम संचालन गरेको थियो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष डि.आर.एनको अध्यक्षता, नायिका ठकुरिको प्रमुख आतित्थ्यता तथा तुलसीपुर उपमहानगरका कार्यपालिकाका सदस्य दिपक कुमालको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा चलचित्र मेरि मामुका नायक शारुक ताम्राकार , गाएक बादल थापा , संचारकर्मि चिरिञ्जवि सापकोटा लगाएतकाले फिल्मको बारेमा बोलेका थिए ।

संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार