• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा एक बन समुहले न्युन बर्गका परिवारलाई राहत दियो


सरिता चलाउने
साउन २३, सल्यान ।
सल्यानमा एक सामुदायिक बन समुहले गरिब परिवारलाई राहत स्वरुप रकम प्रदान गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ मा रहेको चारखोला सामुदायिक बन उपभोक्ता समुहले ६ जना गरिब परिवारलाई १६-१६ सयका दरले राहत स्वरुप रकम प्रदान गरेको हो । समितीको भेला बाट बन समुहमा आबद्ध सद्स्य रहेका समुहका न्यून बर्गका परिवारलाई बन समुहको पैसा बितरण गरिएको चारखोला सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देब बहादुर डागीले जानकारी दिए । उनका अनुसार परिवारलाई थोरै भए पनि केही राहत होस भनेर बन समुहको पैसा बितरण गरिएको बताए ।

यस्तै बन्यजन्तुहरुको लागी चारखोला सामुदायिक बनमा पोखरी निर्माण गरिएको छ । बन्यजन्तुहरुको लागी पानीको अभाब नहोस भन्ने उदेश्यले खेर गएको पानी सकंलन गरी पोखरी निर्माण गरिएको बन समुहका सहसचिब ध्वज बहादुर गीरीले बताऐ । उनका अनुसार भेलाले सामाजीक काममा खर्च गरेर बाकी रहेको पैसा सामुदायिक बनको खातामा जम्मा गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार