• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

भागेर काठमाण्डाैं जान लागेका सल्यानका ४ युवतीलाई प्रहरीले घर फर्काइदियाे


दुर्गा वि.सी.
साउन २३, सल्यान ।

साथिहरुकाे लहैलहैमा लागेर काठमाण्डौ जान लागेका सल्यानकी ४ युवतीलार्इ प्रहरीले घर फर्काइदिएकाे छ ।

जिल्लाकाे बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर ६ भालाखर्क घर भएकी ४ जना युवती घरबाट भागेर काठमाण्डौ जान लागेकालाई प्रहरीले फेला पारी घर फिर्ता गरेको हाे । गाउँकै सिता वस्यालको सल्लाहामा उनिहरु २ दिन अघि घरबाट जंगलमा घाँस जाने निहुमा भागेर कोहलपुर पुगेका थिए ।

आफ्न्तले इलाका प्रहरी कार्यलय सल्लीवजारमा खोजि दिन भनेर हुलिया सहित निवेद पेश गरेपछि कोहलपुर इलाका प्रहरी कार्यलयले उनिहरुलाई काठमाण्डौ जाने तयारीमा रहेको अवस्थामा कोहलपुर वसपार्कबाट फेला पारेको बताएकाे छ। वर्ष १४ की राधिका वि.क, वर्ष १५ कि मनिषा वि.क र वर्ष १५ कि सृष्टि वि.क. गाउँकै सिता वस्यालको साथमा काठमाण्डौ जान लागेको समयमा प्रहरीले उनिहरुलाई फेला पारेको हाे । उनिहरु सबैजना राधा निमावि भलाखर्कमा कक्षा ८ मा अध्यायनरत हुन ।

ईलाका प्रहरी कार्यलय कोहलपुरले इप्रका सल्लीबजारमा पठाईदिए पछि बुधबार इलाका प्रहरी कार्यलय सल्लीले आफ्न्तको जिम्मा लगाएको छ । गाउँकै सीता वस्यालको सल्लाहामा उनिहरु कामको खोजिमा काठमाण्डौ हिडेको वयान दिएका छन् ।

उनिहरु २ दिन देखि हराए पछि आफ्न्तहरु चिन्तीत बनेका थिए । हराएका उनिहरुलार्इ खोजिदिनको लागि इलाका प्रहरी कार्यलय सल्लीमा हुलिया र फोटा सहित निवेदन पेश गरेपछि इप्रका सल्लीले प्रक्रिया अगाडि बढाएको इन्चार्ज चन्द्र कठ्यातले जनाकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार