• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

जिल्ला प्रहरी कार्यलय सल्यानमा १ सय ९५ मुद्धा दर्ता


सरिता चलाउने
श्राउन २३, सल्यान ।
सल्यानमा चालु आर्थिक बर्ष २०७४/७५ मा बिभिन्न शिर्षक अन्र्तगत १ सय ९५ थान घटनाका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । सल्यानबाट सरुवा भैसकेका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक भरत बहादुर विकले बोलाएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुराको जानकारी दिएका हुन ।

त्रिवर्षिय मुद्धाको तालीका अनुसार बितेको ३ बर्षको तुलनामा हेर्दा चालु आर्थिक बर्षमा बिभिन्न अपराधका घटना गरी १ सय ९५ घटना दर्ता भएको कार्यलयले जनाएको छ । जिल्लामा पछिल्लो चरणमा सबै भन्दा बढि झुन्डिएर आत्मा हत्या गर्नेको संख्यामा बृद्धि हुदै गएको पाईएको छ ।

चालु आर्थिक बर्षमा झुन्डिएर आत्मा हत्या गर्ने ३९ मुद्धा दर्ता भएका छन भने केही सार्बजनिक अपराधका मुद्धा २५, भवितब्यको मुद्धा ३३ वटा र बिभिन्न अपराधका गरी जम्मा १ सय ९५ वटा मुद्धा दर्ता भएको कार्यलयको तथ्याङकमा उल्लेख छ ।

पहिलेको तथ्याङक र अहिलेको तथ्याङकको तुलनामा २०७२/७३ मा १३४ मुद्धा, ७३/७४ मा १ सय ५७ मुद्धा र २०७४/७५ मा बढेर १ सय ९५ मुद्धा दर्ता भएको प्रहरी नायब उपरिक्षक भरत बिकले बताएक छन् । आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला हरुको संख्या बढी रहेको उनले बताए । परिवारमा कलह, श्रीमान श्रीमतिबिचको सम्बन्ध बिग्रनु र बिभिन्न मानसिक तनावले गर्दा यसरी आत्मा हत्याका घटना बढेको उनले बताए । यसलाई न्युनिकरण गर्न मानसिक चेतना विस्तार गर्न जरुरी रहेको उनको भनाई छ ।

मिलापत्र हुन नसकेर पनि अपराधका घटनामा यसरी बृद्धि भएको प्रमुख बिकले बताए । प्रहरी प्रमुख बिकले भने– “सल्यामा ९० प्रतिशत घटना मादक पदार्थ सँग जोडिएको छ, अहिले सम्म जति पनि घटना भएका छन मादक पदार्थको सेबनले नै भएको देखेको छु । ”

पछिल्लो चरणमा जिल्लामा नागरीकता किर्ते गरी ठगि गर्ने गिरोह पनि क्रमश बढेको पाईएको उनले बताए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार