• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

आजभोलि जन्मदिन केक काटेर मात्र मनाईदैन


पूर्ण के.सी. साउन २३, दाङ । आजभोलि जन्मदिन केक काटेर मात्र मनाईदैन । जन्मदिनमा अरुलाई सहयोग गरेर पनि मनाउने प्रचलन छ ।यस्तै ,अनेरास्वबियू दाङका अध्यक्ष बिरबल खड्का, उनकी श्रीमती कल्पना भट्टराई खड्का र सचिब गोपाल रेग्मीले आज परेको जन्मदिन असहाय बालबालिकासंग मनाएका हुन् ।

बिजौरीमा रहेका बालबालिकासंग उनीहरुले जन्मदिन मनाएका हुन् । जन्मदिनको अबसरमा असहाय बालबालिकालाई खाद्यान्न, खेल सामाग्री र पोषाक प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार