लेकाली अनलाइन
साउन २४, सल्यान ।
नेवार समुदायीमा मनाइने मंगलगाठे अर्थात गथाँ मुग पर्व सल्यानमा विहानै देखि बालबालिकाहरुले राेचक तरिकाले मनाइरहेका छन् ।
जिल्लाकाे सदरमुकाम खलंगामा विहानै देखि बालबालिकाहरुले सडकमा फुलपातीले मानव अाकारकाे वस्तु बनाएर सडकमा डाेरीले बाटाे छेक्ने र बाटाे हिड्ने मानिसबाट दान दक्षिना लिने अनि बाटाे छाेडिदिने गर्दछन् । अझ विषेशगरी उनिहरुले सडकमा सवारी साधनबाट दक्षिना लिने गर्दछन् ।
बाटो हिड्ने मान्छेले अलिकति पैसा दियो भने मात्र डाेरी छोडिदिने बालबालिकाहरुकाे याे पर्वमा नियम रहन्छ । यसमा पैसा राखेर गयो भने उक्त मानिस मा भएका सबै ग्रह दशा जान्छ भन्ने धर्मिक मान्यता पनि रहेकाे छ ।
यो पर्व पछि केही दिनमै सल्यानमा नेवार समुदायीहरुकाे लाखे नाच र जात्रा पनि सुरु हुने गर्दछ ।
तस्विर वामदेव केसी