पूर्ण के.सी.
साउन २४, दाङ ।
आज विश्वआदिवासी दिवस नेपाल लगायत बिश्वभर विभिन्न कार्यक्रमगरि मनाईदै छ ।
यसैबिच दाङकाे तुलसीपुरमा पनि दिवसको सन्दर्भमा प्रभातफेरि, बृक्षारोपन र अन्तरकृया कार्यक्रम सम्पन्न गरिएकाे छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे , समाजसेवी , बुद्धिजिवि , पत्रकारको सहभागिता रहेको थियो ।
आदिवासी र जनजातीको योगदानको कदर गर्दै संयुक्त रास्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट ९ मा यो दिवस बिश्वभर मनाउने गरिएको छ