• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानबाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारीले प्रगति विवरण सार्वजनिक गरे


लेकाली अनलाइन
साउन २४, सल्यान ।

सल्यानमा गत अर्थिक वर्ष २०७४/७५ मा ८ हजार ८ सय ५६ नागरिकता वितरण गरिएकाे छ ।  जसमध्य ७ हजार ४ सय ६१ बंशजकाे अाधारमा, १ हजार ३ सय ९४ प्रतिलिपी र १ अाटा बैवाहिक अंगीकृत नागरिकता वितरण गरिएकाे प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

सल्यानबाट सरुवा भएर बाहिर जान लागेका प्रजिअ घिमिरेले बिहिबार जिल्ला स्थित पत्रकारहरु सँग भेटघाटका क्रममा अाफ्नाे कार्यकालमा जिल्ला प्रशासनबाट भएका काम कारबाहिकाे बारेमा जानकारी गराएका हुन् । त्यस्तै साधारण सिफारिस २ हजार ९ सय ४४, द्रुत सिफारिस २७, राहादानी वितरण ७ सय ५०, वितरण हुन बाँकी रहेकाे राहादानी १ सय ८४ रहेकाे उनले बताए ।

करिब ११ महिनाकाे सल्यान कार्यकाल पछि उनि गृह मन्त्रालयमा सरुवा भएर जान लागेका हुन् । सल्यानकाे कार्यकाल सफलतापुर्वक वितेकाे भन्दै उनले काममा सहयाेग र निगरानी गर्ने पत्रकार लगाएत सबैलार्इ धन्यवाद समेत दिएका थिए ।

हेर्नुहाेस् जिल्ला प्रशासन सल्यान प्रगति विवरण

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहिवार