• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

अनाथ बालबिकास सस्थाको प्रेस सल्लाहकारमा पत्रकार वसन्त पौडेल चयन


पूर्ण के.सी.

साउन २४, दाङ ।

तुलसीपुर १८ विजौरीमा रहेको असाय बाल बिकास सस्था बिजौरीको प्रेस सल्लाहकारमा कृयासिल पत्रकार वसन्त पौडेललाई चयन गरिएको छ । सस्थाका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षतामा उनलाई प्रेस सल्लाहकारमा चयन गरिएको हो ।

पौडेलले आफुलाई सल्लाहकारमा चयन गरेकोमा सस्थालाई धन्यवाद दिदै आफुले असाय बालबालिकाको क्षेत्रमा निरन्तर कलम चलाउने र पाएको जिम्मेवारी कुसलता पुर्बक निभाउने बताए ।

संस्थामा अहिले १५ जना विभिन्न क्षेत्रका अनाथ वालवालीका रहेका छन । पौडेल हाल रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजको भुमिकामा काम गर्दै आएका छ्न ।

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहिवार