• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

दश वर्ष सँगै जनयुद्व लडेर गृहमन्त्रीकाे कुर्सी पाएका बादलले प्रकाण्डलार्इ अपराधि भने


साउन २४, काठमाडौं ।

नेकपाका प्रवक्ता खड्गबहादु विश्वकर्मा प्रकाण्ड सँग दश वर्ष जनयुद्व लडेर सँगै सहयात्रा गरेका रामबहादुर थापा बादलले गृहमन्त्रीकाे कुर्सीमा पुगेपछि प्रकाण्डलार्इ अपराधि भनेका छन् । एउटै पार्टीबाट माेहाेन वैद्दे र प्रचण्ड अलग हुँदा विप्लव र प्रकाण्ड सँगै बादल पनि वैद्देकाे लाइनमा गएका थिए । ,तर पछि उनि फेरी प्रचण्ड सँगै गएर अहिले गृहमन्त्री भएकाे बेला प्रकाण्ड अपराधि भएकाे अभिव्यक्ती ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्डको नाममा वारेन्ट जारी भएको कारण उनलाई पक्राउ गरिएको बताए । गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’ प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।

बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार