• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिकाकाे निर्णयमा शिक्षक महासंघकाे विराेध, अध्यक्ष केसीकाे प्रतिक्रिया यस्ताे अायाे


लेकाली अनलाइन
साउन २६, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले पछिल्लाे समय शिक्षा क्षेत्रमा गरेकाे निर्णय प्रति नेपाल शिक्षक महासंघ सल्यानले विराेध गरेकाे छ । सबै शिक्षकहरुकाे साझा संगठन नेपाल शिक्षक महासंघ सल्लानले विराेध जनाएकाे हाे ।

साउन १८ गते गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका भित्रका विद्यालयहरुमा शिक्षक अावश्यकता भनेर विज्ञापन गरेकाे थियाे । तर यसै विषयमा अाधारीत भएर शिक्षक महासंघले विराेध जनाएकाे बताएकाे छ । लेकाली अनलाइन सँग कुरा गर्दै नेपाल शिक्षक महासंघ सल्यानका जिल्ला अध्यक्ष मदुसुदन गिरीले गाउँपालिकाले अनुदान दिनुपर्ने तर शिक्षक अावश्यकताकाे विज्ञापन गर्न नपाउनु पर्ने बताएका छन् । विद्यालयले नै शिक्षककाे माग गरेर अाफै ताेक्न पाउनु पर्ने उनकाे भनाइ छ।

त्यस्तै उनले शिक्षककाे काज सरुवा, प्रधानध्यापक नियुक्तीमा पनि अाफुहरुकाे विराेध भएकाे बताएका छन् ।  छत्रेश्वरी गाउँपालिका भित्रका कम विद्यार्थी भएका विभिन‌्न विद्यालहरुलार्इ मर्ज गर्ने गाउँपालिकाकाे निर्णयलार्इ पनि अाफुहरुकाे विराेध भएकाे बताएका छन् । शिक्षा क्षेत्रमा गाउँपालिकाले यस्ताे कार्य गर्दा अाफुहरु सँग कुनै समन्वय नगरेकाेमा अाफुहरुकाे कडा विराेध भएकाे उनले बताएका छन् ।

तर यता गाउँपालिका अध्यक्ष सन्ताेश केसीले अाफ्नाे गाउँपालिकाले शिक्षामा गरेकाे निर्णय ठिक भएकाे बताएका छन् । अाफुले गाउँपालिकामा शिक्षाकाे स्थर उन्नती गर्नकाे लागी कम विद्यार्थी भएका विद्यालयहरूलार्इ मर्ज गरेकाे उनकाे दाबि छ । लेकाली अनलाइन सँग कुरा गर्दै  अध्यक्ष केसीले विद्यार्थी नै नभएर टिक्नै नसक्ने विद्यालयहरुलार्इ मर्ज गरेकाे बताएका छन् ।

देशमा संघिय कानुन अाएकाले अब त्यसकाे पालना अाफुहरुले गरेकाे उनले बताएका छन् । अध्यक्ष केसीले प्रधानमन्त्री केपि अाेली र प्रदेश मन्त्री प्रकाश ज्वालाले कुनै काम गर्दा अाफुहरु सँग कुनै समन्वय गर्न अावश्यक नभएकाले अाफुहरूले पनि कुनै संगठन सँग समन्वय गर्न अावश्यक नभएकाे जवाफ दिएका छन् ।

अब शिक्षकहरू पनि केन्दि्रय सरकार तथा प्रदेश सरकारबाट नभएर सिधै स्थानीय सरकारबाट नियुक्ती गर्नुपर्ने भन्दै अध्यक्ष केसीले संघिय कानुनकाे पालना गर्न अाग्रह गरेका छन् । अहिले तह नै नपुगेका केहि शिक्षकहरुले विद्यालय चलाएकाले त्यसमा याेग्यता पुगेका शिक्षकहरु राख्नकाे लागी गाउँपालिकाले विज्ञापन गरेर शिक्षक अाह्वान गरेकाे उनले बताएका छन् ।

शिक्षामा राजनिती नगर्न भन्दै अध्यक्ष केसीले प्रावि तहकाे शिक्षकले निमावि चलाएकाे र निमावि तहकाे शिक्षकले मावि चलाएकाे भन्दै यसमा याेग्यता अनुसारकाे शिक्षक राख्न फेरबदल गरेकाे बताएका हुन् ।

प्रकाशित मिति : २०७५ साउन २६ गते शनिवार