सल्यानकाे शुभ लक्ष्मी ९ वर्षमा प्रबेश


मिना खड्का
साउन २६, सल्यान ।

शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था ९ वार्षमा प्रबेश गरेकाे छ ।

सल्यान त्रिवेणी गाउँपालिकाकाे लुहाममा रहेकाे शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सनिबार एक कार्यक्रम गरि ९ अाैं वार्षक साधारण सभा मनाएकाे हाे । त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीकाे प्रमुख अाथित्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।

त्यस्तै कार्यक्रममा छविलाल केसी, मेघराज राेका, हुकुम प्रसाद महतरा, छविराज शर्मा, विजय बहादुर बाेहाेरा, मान बहादुर अाेली प्रभात कुमार लगाएकाे सहभागीता रहेकाे थियाे । कार्यक्रकाे सभा अध्यक्षता संस्थाका अध्यक्ष निर्मल कुमार शर्माले गरेका थिए ।

साधारण सभाले उक्त बचत संस्थाका असल बचत कर्ता  धर्म खत्री, असल रिनी देव बहादुर सुनारलार्इ सम्मान स्वरुप मायाकाे चिनाे र प्रमाण पत्र दिएकाे सेरबहादुर वस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन २६ गते शनिवार