साउन २६, दाङ । मानव अधिकार तथा शान्ति समाजको ११ औं जिल्ला अधिवेशनवाट शरद रेग्मी निर्विरोध निवाचित भएका छन । शनिवार दाङको तुलसीपुरमा सम्पन्न ११ औं अधिवेशन एवम २१ औं साधारण सभावाट आगामी २ वर्षका लागि रेग्मी निर्विरोध निवाचित भएका हुन ।
शान्ति समाज दाङ शाखामा विगत १३ वर्षदेखी निरन्तर कृयासिल रहनु भएका रेग्मी रिपोर्टर्स क्लव दाङको अध्यक्ष एवम रेडियो सञ्जिवनीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत छ्न ।
अधिवेशनले शाखाको उपसभापतीमा तुलसीपुराम सुनार,सचिवमा निर्मला डि.सी,कोषध्यक्षमा अमृत काजी शर्मा र सहसचिवमा उषा गौतमलाई सर्व सम्मत निर्वाचित हुनुभएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले जानकारी दिए ।
त्यसै गरी सदस्यहरुमा कमल डाँगी, सम्झना डाँगी, भिमलाल मरासीनी, माधव वस्नेत, निर्मल खड्का,रोशण गिरी, लाई चयन गरिएको छ भने आजै वसेको कार्य समितिको पहिलो वैठकवाट लिलामणी चौधरी,सन्दीपन रिजाल, तिलसरा पुन, अरविन्द चौधरी लाई सदस्यमा मनोनित गरिएको सचिव निर्मला डि.सी ले जानकारी दिए ।
त्यसै गरी वैठकले संस्थाको सल्लाहकारमा प्रमोद न्यौपाने र लिलाध्वजव स्नेतलाई चयन गरेको छ । साथै पहिलो वैठकले ११ औं जिल्ला अधिवेशन
सम्पन्न गर्नका लागि सवै तह र तप्कालाई धन्यवाद ज्ञापन गरेको छ ।