• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानी साहित्यकार तथा कलाकार काशिराज अधिकारीकाे बगचाैरमा रचना वाचन


पुष्पा रिजन डि:सी
साउन २६, सल्यान ।
सल्यानकाे बागचाैर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै अाएकाे मासिक एकल रचना वाचन अन्तर्गतकाे साताैं साहित्य श्रृङखला सनिबार बागचाैरमा सम्पन्न भएकाे छ ।

एकल रचना वाचनमा सल्यानी साहित्यकार एवम् कलाकार काशिराज अधिकारीले अाफ्ना थुप्रै कविता र गितहरु सुनाएर उपस्थित सबैलाई मनाेरञ्जित बनाएका थिए । अाफ्नै स्वरमा दर्जनौं गितहरु रहेकाे र “बटाैलिमा माया बस्याे पहिलाे नजरैमा” बाेलकाे गित गाउँदा धेरै दर्शकलाई नचाएका पनि थिए ।

बागचाैरकाे शनलाइट हाेटेलमा दिउँसाे २:०० बजे देखी सुरु हुने भनेकाे कार्यक्रम माैसम प्रतिकुलका कारण दिउँसो ४:०० बजे देखि सुरु भएकाे थियाे । कार्यक्रममा करिब १ सय भन्दा बढि साहित्यक अनुरागि, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

Image may contain: 1 person, sitting and indoor

कार्यक्रमका प्रमुख अतिथि बागचाैर नगरपालिकाका उप-प्रमुख कल्पना पुनले गरेकी थिईन । पुनले अाफ्ना भनाइहरु राख्दै नगर साहित्य परिषद्लाई यसरी लुकेर रहेका सल्यानि साहित्यकारहरुलाइ अाफुहरुसामु ल्याएर चिनाउने मात्रै नभइ सबै सामु चिनाएर साहित्यकाे संरक्षण एवम् सम्वर्दन गरेकाेमा नगर साहित्य परिषद्लाई यश किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिन शुभकामना दिदै धेरै भन्दा धेरै धन्यवाद दिईन। अब अाफु लगायत उपस्थित भएर साहित्यकाे रसपान लिने सबैले अाफु लगायत अाउदा भावी पुस्ताहरुलाई पनि साहित्यतिर उजागर गर्ने बताईन ।

काशिराज अधिकारीकाे एकल रचना वाचन पश्चात् नगर साहित्यले सुरु देखि अहिलेसम्म के गरिरहेकाे छ, कस्ताे भैरहेकाेछ र अब के हुदा अाझ उचित हुन्छ भन्ने खालका प्रश्ननहरु राख्दै उपस्थित केही साहित्य मनहरुसँग पनि समीक्षा गरेकाे थियाे । यसरी सल्लाह सुझाव दिएकाेमा सबैमा धन्यवाद दिदै सल्लाह पनि कार्यन्वयन गर्ने प्रतिवद्ता नगर साहित्य परिषद्ले गरेकाे छ ।

साथै अाजकाे कार्यक्रमकाे समीक्षा सल्यानि साहित्यकार एवम् बागचाैर नगर साहित्य परिषद्का सल्लाहकार पुर्ण भण्डारी ‘पकंज’ ले गरेका थिए । करिब बेलुकी ५:०० बजे तिर सकिएकाे कार्यक्रमकाे अध्यक्षता परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’ ले गरेका थिए भने कार्यक्रमकाे सहजिकरण परिषद्का सचिव तारादेव शर्मा ‘ प्रर्दशन’ ले गरेका थिए ।।

प्रकाशित मिति : २०७५ साउन २६ गते शनिवार