• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

प्यूठानी गायक संगीत भरत मगरकाे माैलिक झ्यारे गीत “जाेगी बनायाे” सार्वजनिक (भिडियाे सहित)


साउन २७, प्यूठान ।

प्यूठानी नव उदमान गायक संगीत भरत वुढा मगरकाे पहिलाे प्रस्तुती “जाेगी बनायाे” नामक माैलिक झ्यारे गीत सार्वजनिक भएकाे छ ।

बहुचर्चित लाेक तथा दाेहाेरी गायिका देवी घर्तीमगर र संगीत भरत मगरकाे अावाजमा रहेकाे गीतकाे शब्द गाेविन्द विश्‍वकर्माले लेखेका छन् ।  गीतमा संगीत पछिल्लाे समयका व्यस्त गायक नायक एवमं सर्जक खेम सेञ्चुरीले गरेका छन । गायक संगीत भरत मगर राेल्पामा संचालन भएकाे सुवर्णावती तारा २०७४ का फस्ट रनअफ समेत हून ।

खेम सेञ्चुरी र रिना थापा मगरकाे अभियनयमा रहकाे यस म्यूजिक भिडियाेकाे निर्देशन स्मृति तिमिल्सिना गुरुमाले गरेका छन् भने छायाँकन करण चैसिएर सम्पादन प्रविण भट्टले गरेका हुन ।

हेर्नुहाेस् भिडियाे 

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार