• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङका एक बालकलाई सहयोगी हातको खाचो


विशेषलाई सहयोगी हातको खाचो
लेकाली अनलाईन साउन २७, दाङ । जीन समस्याबाट पिडित बनेका बालक विशेष वेल्वासको उपचारको लागि संकलन भएको ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । होटल व्यवसायी समिति ईकाइ लमहीका सचिव नारायण भुसाललको पहलमा संकलन भएको उक्त रकम लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका वेल्वासे, नेकपाका नेता बिरबहादुर केसी, न्यायिक समितिका सदस्य कृष्ण घिमिरेले संयुक्त रुपमा बिरामि बालकलाई प्रदान गरेका छन ।

नगरपालिकाले बालकको उपचारको लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ । नेपालमा उपचार सम्भव नभएपछि भारतमा उपचारको लागि लैजानु पर्ने र ५० देखि ६० लाख रुपैयाँ भारु लाग्ने भएपछि बिशेष बचाउ अभियान सुरु भएको हो ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार